आइतबार थपिए १२ सय २१ जना- कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१
आइतबार नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुससार देशका विभिन्न स्थानमा १२ सय २१ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
थपिएकामध्ये अत्यधिक काठमाडौं उपत्यकामा रहेका छन् । उपत्यकाका तीन जिल्लामा मात्र ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौं जिल्लामा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये २ सय ४८ महिला र ८ सय ७३ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५ सय ६१ पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितहरू १७५ सय १८ हजार रहेका छन् ।
त्यसै गरी होम आइसोलेसनमा छ हजार नौसय र संस्थागत आइसोलेसनमा दशहजार ६ सय १२ रहेका छन् । २४ घण्टामा २ सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ८ सय २२ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्