गण्डकीप्रदेश

कास्कीलाई विकासमा नमूना बनाउने गरी काम गर्न निर्देशन

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरूलाई कास्कीलाई विकासमा नमूना बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिवृद्धि तालिमको समापनको अवसरमा पौडेलले सो कुरा बताउनु भएको हो ।

पौडेलले विकासका काम युग सुहाउदो, समय सापेक्ष र वडामा विकास प्रभावकारी हुन नसकेको गुनासो सुन्नु नपरोस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै जनप्रतिनिधिहरूको सवलिकरणमा तालिम कोषेढुंगा सावित भएको टिप्पणी गर्नुभयो ।

प्रमुख पौडेलले विकासमा गुणस्तरीय सेवा प्रबाहमा स्थानीय तहका प्रतिनिधिहरूको यो कार्यकाल एेतिहासिक र स्वर्णिम हुनुपर्ने र त्यही अनुसार तालिमबाट प्राप्त ज्ञानलार्इ अब्बलरूपमा ब्यबहारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज वरालले क्षमता निरन्तर बढाउन जरूरी रहेको भन्दै समृद्ध कास्कीका लागि प्रभावकारी जनप्रतिनिधिहरू निर्माणमा तालिम फलदायी भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति कास्कीले मंगलबार कास्कीका चारवटा गाउँपालिका र बुधवार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी भएको क्षमता विकास तालिम आयोजना गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज वराल, शाखा अधिकृत झविश्वर रेग्मी लगायतले सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.