जन सरोकार

विद्यार्थीहरुलाई विदेशको साटो स्वदेशमै केही गर्ने सोच्न आग्रह

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयमा सुरु गरिएको इञ्जिनियरिङ विषयमा कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई शुभकामनासहित विदाई गरिएको छ ।

विद्यालयका सहप्रधानाध्यापक रीता रायमाझीको भावुक शुभकामना सन्देशसहितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा इञ्जिनियरिङ तथा साधारण विधामा कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजिब थापाको सभापतित्व तथा काठमाडौं क्षेत्र नं. ३ का सांसद तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य वाग्मती प्रदेशसभा (क)का सदस्य छिरिङ दोर्जे लामा, (ख) सदस्य विमल ठकुरीको आतिथ्यमा सम्पन्न भएको हो ।

त्यसै गरी कार्यक्रमका विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, सोही नगरपालिकाका प्रशासकीय अधिकृत बैकुठप्रसाद सापकोटा, शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख दण्डपाणि शर्माको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसे, विद्यालयका पूर्व प्र.अ. कृष्णप्रसाद नेपाल, अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल, उपाध्यक्ष रुपक थापा, सचिव यादब देवकोटा लगायतको उपस्थिति थियो ।

विद्यार्थी विदाई समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चालिसेले विद्यार्थी पलायना रोक्न र देशभित्रै केही गर्नसक्ने बनाउन अरुणोदय मा.वि.मा प्राविधिक शिक्षा आरम्भ गरिएको र यसको नतिजा उत्कृष्ट रहेको बताउनुभयो ।

त्यस्तै नगरप्रमुख रिसालले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा आरम्भ गर्ने अरुणोदय मा.वि. पहिलो भएको र आगामी दिनमा यस क्षेत्रमा कृषि विषयको पनि अध्यापन गराइने र सोको अध्ययन भैरहेको जानकारी दिनुभयो ।

त्यसै गरी नगरउपप्रमुख सान्नानी लामाले नेपालको शिक्षा पद्धतिको सुधारका लागि नगरपालिकाले योजना बनाइरहेको जनाउँदै युवाहरुको विदेश पलायन रोक्न सुलभ र गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्यालले विद्यार्थीहरुलाई विदेश पलायन हुने सोच नराखी आफ्नै गाउँठाउँमा केही गर्न सकिन्छ भन्ने सोचेर आगामी दिनमा अघिच बढ्न सुझाव दिनुभयो ।

समारोहमा वाग्मती प्रदेशसभाका सदस्यद्वय छिरिङ दोर्जे लामा, विमल ठकुरी, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजिब थापपा, रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव तथा साहित्यकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख दण्डपाणि शर्मा लगायतका वक्ताहरुले विद्यार्थीहरुलाई शुभकामना ादिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.