जन सरोकार

हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी, इटहरी उपमहानगरपालिका-२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय कर्मराज परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको बिषयलाई लिएर परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेलवे धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.