क्रिकेटखेल

पाँच शहर र तीन प्रदेशको नाममा एनपिएल टोलीको घोषणा

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा भारतको आइपिएलकै जस्तो लोकप्रिय बनाउने लक्ष्यका साथ नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ फ्रेन्चाइज टोलीकोे नाम सार्वजनिक गरेको छ ।

शनिबार क्यान कार्यसमितिको बैठकले आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने लिगमा सहभागी टोलीको नाम तय गरेको हो । क्यानले एनपिएललाई भारतमा हुने फ्रेन्चाइज लिग आइपिएल जस्तै चर्चित ब्रान्ड बनाउने दाबी गरेको छ ।

क्यानका अनुसार लिगमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले सहभागिता जनाउने छन् ।

क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो । तर उक्त लिग खेल निकै विवादास्पद रहेको थियो ।

खेलमा मिलेमतो र आर्थिक अनियमितिता लगायत विषयमा विवादित बनेपछि क्यानले त्यसलाई रद्ध गरेर आफै एनपिएल आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.