जापान

जापानमा शानशान आँधीको गति घट्यो, उडान तथा रेलसेवा अवरुद्ध जारी

जापानमा आएको शक्तिशाली आँधीका कारण शनिबार पनि उडान तथा रेलसेवा अवरुद्ध जारी रहेको जनाउदै अधिकारीहरूले भारी वर्षाका कारण सम्भावित बाढी–पहिरोको चेतावनी दिएका छन् ।

शानशान दशकौँको अन्तरालमा जापानमा आएको सबैभन्दा भयानक आँधी हो जुन बिहीबार क्युसु टापुमा अवतरण भएको थियो । सुरुवाती समयमा २५२ किलोमिटर प्रति घण्टाको दरमा वहेको उक्त आँधीको गति पछिल्लो समयमा ९० किलोमिटर प्रति घन्टामा झरेको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाइएको छ ।

फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार आँधीका कारण समाचार तयार पार्दा सम्म कम्तीमा छ जनाको मृत्यु भएको भने १२० जनाभन्दा बढी घाइते भएका छन् ।

एजेन्सीकाअनुसार पछिल्लो समयमा आँधीको गति घटेसँगै “डाउनग्रेड” गरिएको, सानसान शनिबार पश्चिमी क्षेत्रबाट पूर्वतिर सर्दै गएको छ ।

आँधीको गति घटे पनि प्रभाव कायम रहेकाले एएनए र जापान एयरलाइन्सले शनिबारका लागि करिब ६० वटा आन्तरिक उडानहरू रद्द गर्दा करिब सात यात्रुहरू प्रभावित भएका छन् । यसै गरी बाढीको कारण देखाउदै मध्य सहर नागोयामा सिकाङ्नसेन बुलेट ट्रेनहरू पनि स्थगित गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीले बाढी पहिरो तथा नदीमा पानीको उच्च बहावको अनुमान गरी चेतावनी जारी राखेको छ ।

यसैगरी मध्य गिफु क्षेत्रमा नदीमा उच्च बहावको जोखिमका कारण नदी नजिकैका करिव दुई हजार बासिन्दालाई निकासी चेतावनी जारी गरेको छ भने उत्तरी होक्काइडोका केही सहरहरूमा भारी वर्षा भएको छ ।

अपरेटरका अनुसार दक्षिणी कागोशिमा क्षेत्रका ३२ हजार भन्दा बढी घरहरु सानसानको प्रभावले गर्दा बिद्युत बिहिन भएका छन् । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापान लगायत अन्य ठाउँमा मौसमी प्रतिकुलता र जोखिम बढिरहेको छ ।

सन् २०२१ अत्यधिक बर्षाका कारण केन्द्रीय रिसोर्ट सहर अटामीमा विनाशकारी बाढी पहिरो आउदा २७ जनाको मृत्यु भएको थियो । यसै गरी सन् २०१८ मा पश्चिमी जापानमा बाढी पहिरोले २०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.