विद्यालय संचालन र निषेधाज्ञाको नयाँ स्वरुपबारे निर्णय हुँदै
कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि जारी निषेधाज्ञाको अवस्था लगायत उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक बस्ने भएको छ ।

काठमाडौंमा केही स्थानीय तहले विद्यालय संचालन गरिसकेको अवस्थामा जारी निषेधाज्ञा थप गर्ने र विद्यालय कसरी संचालन गर्ने भन्नेबारे निर्णय गर्न बैठक बस्न लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
आज आज राति १२ बजेबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने उहाँले बताउनुभयो ।
त्यस्तै पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमूख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बैठकमा जोखिमको मुल्याङ्कन हेरेर विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा निस्कर्ष निकाल्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्