राजनीति
चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताउनुभयो ।
प्रवक्ता सापकोटाले भन्नुभयो, “चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटीतिक पहलकदमी बढाउनुपर्छ” ।
उहाँले नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउँदै यस विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्