क्रिकेटखेल

श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।

नेपाली क्रिकेट

भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

क्यानकानुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ । टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् ।

त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.