जापान

शानशान आँधीको बेग घटे पनि विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

जापानमा पछिल्लोपटक आएको शानशान नामक आँधीको बेग घटेको छ । आँधीको बेग घटे पनि देशका विभिन्न भागमा सोमबारसम्म भारी वर्षा हुने अनुमान जापानको मौसम विज्ञान एजेन्सीले गरेको छ ।

शानशान आँधी

आँधीसंगै आएको वर्षाका कारण जापानको विभिन्न स्थानमा पहिरो गएको छ । मध्य जापानको अटामी शहरमा १० भन्दा बढी पहिरोको गएको छ भने घरको झ्याल फुटाएर माटो घरभित्र पसेको छ ।

ओगाकी शहर, गिफु प्रिफेक्चरमा सडकहरू र आवासीय क्षेत्रका केही पार्किङ स्थल बाढीले अवरुद्ध बनाएको छ। जापान सागरबाट फैलिएको वर्षाका कारण उत्तरीदेखि पश्चिम जापानसम्म वायुमण्डलीय अवस्था अस्थिर छ।

गत २४ घण्टादेखि आगामी मंगलबार बिहानसम्मको अवधिमा तोहोकु क्षेत्रमा १२० मिलिमिटर र होक्काइदो, कान्टो(कोशिन, होकुरिकु र टोकाइमा ८० मिलिमिटरसम्म वर्षा हुन सक्नेछ । मौसम अधिकारीहरूले बाढी र पहिरोबाट बच्न सचेत रहन आग्रह गरेका छन् ।

यस्तै टोकियो र हाकाता, फुकुओका प्रिफेक्चरलाई जोड्ने टोकाइदो शिन्कानसेन र सान्यो शिन्कानसेनले भारी वर्षाका कारण केही खण्डहरू अबरुद्ध गरे पनि सोमबारबाट सामान्य रूपमा सेवाहरू सुचारु भएको छ ।

त्यसै गरी प्रमुख वायुसेवा कम्पनीहरू जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले आफ्नो सेवा सोमबार सामान्य रूपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.