कला/मनोरन्जनकलिउड

काम गर्न आएको हुँ, कसैको दवाव स्वीकार्ने छैन : डिसी

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले चलचित्र विकास र बोर्डभित्र सुशासन कायम गर्न मन्त्री, प्रधानमन्त्री कसैको दवाव नस्वीकार्ने बताउनुभएको छ ।

सोमबार पदवहाली गर्दै अध्यक्ष डिसीले कुनै पनि कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लाग्यो भने त्यसको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिंदै प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने पनि बताउनुभयो ।

अध्यक्ष डिसीले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने र आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा पनि समय खेर नफाल्ने बताउनुभयो ।

सात दिनभित्र आफ्ना कार्ययोजना प्रस्तुत गर्ने बताउँदै अध्यक्ष डिसीले एकसय दिनपछि मात्र अन्तरवार्ता दिने पनि बताउनुभयो ।

कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाललगायतले सबै कुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाइको हिसाव्बले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताउनुभयो ।

कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताउनुभयो ।

कलाकार जितु नेपालले उपस्थित अन्य कलाकारले अध्यक्ष दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै चलचित्र क्षेत्रले नयाँ परिवर्तन महसुस हुनेगरी काम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.