राजनीति

कोशी प्रदेश सरकारबिरुद्धको मुद्दा पूर्ण इजलासमा

भदौ ४ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि परेको मुद्दा सर्वोच्चको पर्ण इजलासमा सुनुवाई हुने भएको छ ।

यसअघि उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो। सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको हो ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा यो रिटको पेशी तोकिएको थियो। तर, न्यायाधीश खतिवडाले रिटको पहिलो सुनुवाइमै आफूले अन्तरिम आदेश दिएकाले हेर्न नमिल्ले बताएपछि मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।

सर्वोच्चले मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन सर्वोच्चले आदेश दिएको थियो। सोहीअनुसार मुद्दाको सुनुवाइ हुन लागेको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.