समाचार

चार दिनदेखि बेपत्ता किशोर फेला परेनन्

गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । उदयपुर, जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी रहेका हुन् । बिहीबार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

बेपत्ता चौधरीको शुक्रबारदेखि निरन्तर खोजी कार्य जारी राखे पनि अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताउनुभयो ।

बेपत्ता किशोरको खोजीको लागि सशस्त्र प्रहरी बल सुनसरीको गोताखोर टिमसमेत समावेश भएको छ । बेपत्ता चौधरी चौदण्डी गढी आम्वासीको देवनारायण माविमा कक्षा ९ मा अध्ययनरत थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.