सूचना/प्रविधि

एक वर्षको शुल्क तिरेर पाँच वर्षको नवीकरण गर्न पाइन्छ ?

कुनै पनि सरकारी निकायबाट प्राप्त अनुमतिपत्रको नवीकरणका लागि निश्चित अवधिको शुल्क तोकिएको हुन्छ र सो शुल्क तिरेपछि मात्र नवीकरण हुन्छ ।

जस्तो, सवारी चालक अुनमित पत्रको मोटरसाइकलको नवीकरण शुल्क पाँच वर्षको १५ सय रुपैयाँ छ । यस हिसाबले एक वर्षको तीनसय रुपैयाँ हुन आउँछ । जनताले एक वर्षको मात्र शुल्क तिरेर बाँकी पछि तिर्ने गरी नवीकरण गर्न पाउँदैनन् ।

तर, नेपालमा व्यापारी, उद्योगीहरुको हकमा भने एक वर्षको शुल्क तिरेर पाँच वर्षको नवीीकरण सुविधा पाउँछन् । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले यही सुविधा पाएको छ ।

कहिले शेयर विक्रीको लाभकर नतिर्ने, कहिलो अवैध किसिमले स्वामित्व हस्तान्तरण गरी राजश्व ठग्ने गर्दैआएको एनसेललाई सरकारले एक वर्षको शुल्क लिएर पाँच वर्षका लागि नवीकरण गरिदिएको छ ।

एनसेलको म्याद यही भदौ १६ गते सकिने थियो । म्याद सकिनु अघि नै सरकारले शर्तसहित गत आइतबार एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।

एनसेलले नवीकरण दस्तुर वापत प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । तर, एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले किस्ताबन्दी सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो ।

एनसेलको आग्रहपछि सरकारले किस्ताबन्दी सुविधा दिएको थियो । गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो ।

त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो । अहिले पनि किस्ताबन्दी सुविधा अनुसार नै एनसेलको लाइसेन्स नवीकरण भएको हो ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो भने भदौ १६ गते आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो ।

शर्त अनुसार अब एनसेलले प्रत्येक वर्ष भदौ १५ भित्र नवीकरण दस्तुर बापत ५ अर्ब र १० प्रतिशत बराबर ब्याज तिर्नै पर्नेछ । किस्ताबन्दी सुविधाका कारण प्रत्येक वर्ष ५ अर्ब र १० प्रतिशत ब्याजदर भुक्तानी गर्नुपर्ने सर्त १३ भदौको मन्त्रिपरिषद् बैठकले राखेको थियो ।

नेपालमा एनसेलको दादागिरी, नवीकरण वापतको १९ अर्ब तिर्न आलटाल

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.