प्रबास

मुना पाण्डेका हत्या अभियुक्त बबीसिंको धरौटी अस्वीकार

अमेरिकाको टेक्सासको ह्युष्टनमा बसोबास गर्दैआएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियुक्त बबी सिंलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । सिंलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

२१ वर्षीय पाण्डेलाई गोली हानी हत्या आरोपमा ५१ वर्षीय सिंविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको र उनले धरौटीमा रिहा हुन गरेको अपील अस्वीकृत भएको हो ।

अदालतको आदेशमा भनिएको छ, प्रस्तुत गरिएको प्रमाणहरूमा स्पष्ट र बलियो प्रमाणबाट अपराध भएको अभियुक्त दोषी भएको र कानूनको प्रबन्ध भएमा मृत्युदण्डको सजाय हुनसक्ने भएकाले धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ ।

बबी सिंविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ ।

बबी सिंले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आयशयुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ ।

सेप्टेम्बर ३ मंगलबार बबी सिंलाई अदालतमा पेश गरिने भएको छ । त्यस्तै बबी सिंहविरुद्ध गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ ।

सिंलाई गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार देखिने गरी राखेको अभियोगमा सेप्टेम्बर ५ बिहिबार अदालतमा पेश गरिने भएको छ ।

टेक्सासमा मुना पाण्डेको हत्या गरेको अभियोगमा बबी सिंह शाह पक्राउ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.