खेलविविध

पारा ओलम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा (फोटोहरुसहित)

पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै उहाँलाई नगर परिक्रमा गराइएकाे हाे ।

पलेशा गोवर्धन

उहाँलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित राविभिन्न खेल संघका पदाधिकारीहरु विमानस्थल पुग्नु भएको थियो ।

गोवर्धनलाई र्‍यालीसहित एयरपोर्टबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)को प्रांगणमा पुर्‍याइएको थियो ।

पारालिम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा

पदक विजेता पलेशाले अब नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा आफू निकै उत्साहित भएको बताउनुभयो । ‘म धेरै खुसी छु। सबैले दिएको मायाले छोटो समयमा ट्रेनिङ गरेको १ महिनामै मेडल ल्याएँ । कोसिस गर्‍याे भने हामी सफल हुन सक्छौं। त्यसैले कोसिस गरिरहनु पर्दछ,’ उहाँले भन्नु भयो ।

पारालिम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा

पलेशाकाे सम्मानमा बाजागाजासहितको राखेपको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियाे । पेरिसमा भएको पारा ओलम्पिकमा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गर्नुभएकी पलेशाले कांस्य पदक जित्नुभएको थियो । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पारालिम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.