खेलविविध

पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित

पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपियाँबाट सम्मान गरेको छ ।

प्रतियोगिता सम्पन्न गरी बुधबार स्वदेश फर्कनुभएकी पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी लगायतले सम्मान गर्नुभयो ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्नुहुँदै कांस्य पदक जित्नुभएको थियो ।

पारा ओलम्पिकमा सहभागिता जनाएर बुधबार बिहान नेपाल फर्कनु भएकी पलेशालाई महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.