राजनीति
महाधिवेशन रोक्न परेको रिट हेर्न नभ्याइने
सर्वोच्च अदालतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै परेको रिट निवेदन हेर्न नभ्याइने सूचीमा राखेको छ । कांग्रेस वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न रिट हाल्नुभएको थियो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा आइतबार उक्त रिटको पेशी तोकिएकोमा वैद्यले दायर गर्नुभएको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
कोभिड महामारीको समयमा महाधिवेशन गर्दा कोभिड सङक्रमणको सम्भावना उच्च रहेकोले कोभिड नियन्त्रणमा आएपछि मात्र अधिवेशन गर्न माग गर्दै गत बिहीबार वैद्यले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्