क्रिकेटखेल

नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।

भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल छ बलमा तीन चौकासहित १२ रनमा क्रिजमा छन् भने रोहित शर्मा सात बलमा एक चौकासहित चार रनमा क्रिजमा रहेका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल करिब ४५ मिनेट रोकिएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.