जन सरोकार
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-६ स्थित सडकमा यूपी ५६ एबी ५६८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बर्दघाट नगरपालिका-६ बेतानी बस्ने अर्जुन थारूको छोरा ५ वर्षीय रोहित थारूको मंगलबार बिहान मृत्यु भएको छ ।
![सवारी दुर्घटना सवारी दुर्घटना](https://www.nepaljapan.com/wp-content/uploads/2023/01/Accident-1.jpg)
ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी पोलिक्लिनिक बर्दघाट हुँदै देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्