कला/मनोरन्जनकलिउड

‘मिस प्लानेट-२०२४’मा नेपालको प्रतिनिधित्व अनिसाले गर्ने

कम्बोडियामा नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । प्रतियोगिताका लागि अनिसा यतिबेला बिभिन्न प्रशिक्षणको तयारीमा छिन् ।

प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाउने सोचमा छिन् । कम्बोडियामा बौद्ध धर्मावलम्बी धेरै हुने भएकोले उनले यो सोच बनाएकी हुन् ।

नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकाले त्यो अवसरको भरपुर फाइदा उठाउने आफ्नो योजना रहेको पराजुली बताउँछिन् ।

‘मिस प्लानेट’को यो वर्षको थिम ‘दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ । प्रतियोगितामा उनलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो ।

वीर नर्सिङ क्याम्पसमा माष्टर अध्यायनरत अनिसा पेशाले मनोचिकित्सा नर्स भएकोले पनि उनले राम्रो उपलब्धि हासिल गर्नसक्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

अनिसा केही अगाडि काठमाडौंँमा सम्पन्न नर्सहरु सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्ट रनर अप विजेता हुन् । ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गरेकी हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.