कर्पोरेट/पर्यटन

पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी नियुक्त हुनुभएको छ । बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिनुभयो ।

पर्यटन बोर्ड

जोशी यसअघि पनि बोर्डको सीइओ भइसक्नुभएको छ । उहाँले सन् २०१५-२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसक्नुभएको छ ।

यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो ।

नियुक्त भइसकेपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको बताउनुभयो । “परिस्थितीको प्रतिकुलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ”, उहाँले भन्नुभयो, “यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.