क्रिकेटखेल

एनपीएलमा लाग्यो पौने १७ करोडको बोली, पोखरा सबैभन्दा महंगो

भारतको इण्डियन प्रिमियर लिग (आईपिएल)कै शैलीमा चर्चित र व्यावसायिका बनाउने उद्देश्यसहितत नेपाल क्रिकेट संघ (क्यान)ले यस वर्षदेखि नेपाल प्रिमिय लिग (एनपीएल) आफैंले संचालन गर्ने निर्णय गरेसंगै यसको सुखद सुरुवात भएको छ ।

बिहिबार क्यानले तय गरेका आठ फ्रेन्चाइज टिमको स्वामित्व विक्री भएको छ । क्यानले खुला बोलकबोलबाट आठ टिमका लागि १६ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ ।

टीममध्ये पोखराका लागि सबैभन्दा महंगो ३ करोड ५७ लाखमा विक्री भएको छ । नेपाल टी–२० प्रालिले पोखराको फ्रेन्चाइजी लिएको हो ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ भने जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले पाएको छ । उसले बोलकबोलमा २ करोड ५ लाखमा फ्रेन्चाइजी पाएको हो ।

बोलकबोलमा लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिँदा सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा लिएको छ ।

त्यसै गरी चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ करोड ७६ लाख एक हजार रुपैयाँ र बिराटनगरलाई एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा पाएको छ ।

सबैभन्दा कमको बोली कर्णालीको फ्रेन्चाइजीमा लाग्यो । हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णाली टिमको फ्रेन्चाइजी लिएको हो ।

मंसिर १५ देखि ६ पुससम्म हुने एनपीएलमा ८ टिम रहनेछन् । फ्रेन्चाइजी टिमका लागि १६ वटा आवेदन परेको थियो । बोलकबोलबाट कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ क्यानले प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.