जापान

हिरोशिमामा अन्तर्राष्ट्रिय बिहुकोट विकास मञ्चको तीज विशेष कार्यक्रम

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा जापानको हिरोशिमा शहरमा विशेष सांगीतिक प्रस्तुतिका साथ तीज दर खाने कार्यक्रम सम्पन्न गरिएको छ ।

यही सेप्टेम्बर ४ का दिन अन्तर्राष्ट्रिय बिहुकोट विकास मञ्चको आयोजनामा तीज़ तथा दर खाने कार्यक्रम भब्य, सभ्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

तीज कार्यक्रममा जापानको हिरोसीमामा रहेर वर्षौंदेखि नेपालीहरूको सुख दुखमा हातेमालो गर्दै आएका १४ जना जापानी नागरिकलाई मायाको चीनो प्रदान गरी सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रम समाप्तपछि तीज गीतको सुभारम्भ पञ्चकन्यालाई दक्षिणा प्रदान गरी पुराना मौलिक़ गीतहरुको प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा कलाकार कूलवीर थापाको संचालन एवं संस्थाको सांस्कृतिक विभाग उपप्रमुख बिहुकोटमा जन्मिएका कलाकार प्रकाश कँडेल, प्रेम सापकोटा (सोनु), काजल गुरुङ लगायतका कलाकाररुको प्रस्तुतिले तीज कार्यक्रम भब्य बनेको थियो ।

कार्यक्रम सफल बनाउन हिरोसीमामा रहने रविलाल गैरे, यामलाल कँडेल रवि सापकोटा विमल न्यौपाने तथाा संस्थाका पदाधिकारीहरुप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

कार्यक्रमलाई सफल बनाउन कार्यसमितिका सल्लाहकार तिलकप्रसाद कँड़ेल, थानेस्वर कँड़ेल, उपाध्यक्ष टीकाराम कँड़ेल ,उपाध्यक्ष तुल्सीराम कँडेल उपाध्यक्ष भीम कँडेल, महासचिव मेघनाथ कँडेल, सचिव पुर्ण कँडेल, कोषाध्यक्ष माया कँडेल, सहकोषाध्यक्ष इन्द्रलाल कँडेल, राधिका कँड़ेल विष्णुदत्त कँड़ेलको विशेष योगदान रहेको थियो ।

यसै गरी नमस्ते रेस्टुरेण्टका मनीराम सुवेदी, टीकाराम सापकोटा लगायत अन्तर्राष्ट्रिय बिहुकोट विकास मञ्च परिवार, क्षेत्रीय समिति चितवन नवलपुर समितिकी सदस्यद्वय जापान भ्रमणमा रहनुभएकी विष्णुमाया सापकोटाको भ्रमण सफलताको कामना समेत गरिएको छ ।

अन्तर्राष्ट्रिय बिहुकोट विकास मञ्चका अध्यक्ष गोविन्दप्रसाद कँडेलको सभापतित्व तथा जापानी नागरिक ताकादा तोयको अतिथि रहनुभएको कार्यक्रममा संस्थाका महासचिव मेघनाथ कँड़ेलले संचालन गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष माया कँडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष टीकाराम कँडेलका साथै विमल न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

पहिलो तीज कार्यक्रम भएकाले केही कमजोरी रहेको भए आगामी दिनमा सुधार गर्दै जाने अन्तर्राष्ट्रिय बिहुकोट विकास मञ्चले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.