सूचना/प्रविधि

औपचारिक रुपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध

सरकारले यही भदौ ६ गते सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबद्ध फुकुवा गर्ने घोषणा गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले औपचारिक रुपमा प्रतिबन्ध हटाएको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई टिकटकको प्रयोग र पहुँचमा लगाएको प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ ।
प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन् । सरकारले यही भदौ ६ गते सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।
सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कात्तिक २७ गतेदेखि नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.