सूचना/प्रविधि

नेपालबाट फेसबुकले लाने गरेको करीब २२ अर्ब रुपैयाँ नेपालमै रोक्ने सगुनको लक्ष्य

सगुन

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंक, ले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ ।

कम्पनीद्वारा जारी गरिएको रेग ए प्लस मिनी आइपीओबारे जानकारी गराउन जुम मार्फत आइतबार आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सगुनका संस्थापक गोविन्द गिरीले सगुनले लामो यात्रा पार गरेको र प्रयोगकर्ताहरुको विश्वास र माया जित्न सफल भएको बताउँदै सो आग्रह गर्नुभएको हो ।

संस्थापक गिरीले अहिले फेसबुकले नेपालबाट बर्षेनी २२ अर्ब रुपियाँ विज्ञापनबाट आम्दानी गर्ने गरेको अनुमान गरिएको बताउँदै सगुनले त्यो रकम नेपालमै रोक्न चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०१५ बाट सुरु भएको हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिजोका दिनमा सर्वसाधारणको पहुंचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म पनि आज लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको छ ।”

गिरीले एपमा भिडियो, च्याट लगायतका फिचरहरु छिट्टै उपलब्ध हुने जानकारी पनि गराउँदै विश्वभरका लगानीकर्ताहरुलाई मिनी आइपीओमार्फत लगानी गर्न आह्वान पनि गर्दै कानूनी मान्यताअनुसार लगानीकर्तामाझ आएको सगुनले आगामी वर्षको सुरुमै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको बताउनुभयो ।

फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी सगुनको जस्तै चरणमा हुँदा नेपालीको पहुँचमा थिएनन् भन्दै उहाँले तिनमा सर्वसाधारणको लगानीका लागि कुनै अवसर पनि थिएन तर, सगुनले भने सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको र नेपाली डायस्पोराका लागि यो लगानीको नयाँ र उत्तम अवसर भएको दावी गर्नुभयो ।

संस्थापक गिरीले आफुले सन् २०१४ मा अमेरिकाको प्रतिष्ठित जागिर छाडद आफुसंग जम्मा १,३०० डलर रहेको र सहसंस्थापक सिटौलासंग मिलेर स्थापना गरेको कम्पनी सगुन इंकलाई सन् २०२३ मा न्यूयोर्क स्टक एक्सचेन्जमा दर्ता हुने प्रवासी नेपालीहरुले स्थापना गरेको पहिलो कम्पनी बनाउने आफ्नो सपना रहेको पनि बताउनुभयो ।

सेप्टेम्बर महिनाभर लगानीको अवसर

सगुनले “ग” श्रेणीको साधारण शेयर मिनी (आइपिओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिरहेको छ । आगामी सेप्टेम्बर ३० तारिखसम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन् ।

नेपालको कानून अनुसार नेपालबाट विदेशी कम्पनीहरुमा लगानी गर्न नपाइने त्यस्तै अमेरिकी कानूनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकी कम्पनीहरुमा लगानी गर्न रोक लगाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.