जन सरोकार

साक्षरता दिवसका अवसरमा चेतनामूलक तीज गीत प्रतियोगिता

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसर पारेर शिक्षा विकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरूबीच चेतनामूलक तीज गीत प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाँडा सामुदायिक सिकाइ केन्द्र प्रथम, पोखरा महानगर पालिका वडा नं. २५ स्थित बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र द्वितीय, पोखरा महानगर पालिका वडा नं. २९ को दिपशिखा सामुदायिक सिकाइ केन्द्र तृतीय र माछापुच्छ्रे गाउँपालिकाको मर्दिखोला सामुदायिक सिकाइ केन्द्रले सान्त्वना पुरस्कार हाँसिल गरे ।

कास्कीका कुल सात वटा सामुदायिक सिकाइ केन्द्रका ूसहभागी प्रतियोगितामा विजयी समुहले क्रमशः नगद रू दस हजार, सात हजार, पाँच हजार र तीन हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्ला शिक्षा समन्वय समितिका कास्की संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले सांस्कृतिक पर्व तीज सुसंस्कृत र समय सान्दर्भिक हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रतियोगिताले कास्कीका सामुदायिक सिकाइ केन्द्रहरूबीच आपसी भाइचारा वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको पनि बताउनुभयो ।

उहाँले साक्षारता सहित सामुदायिक सिकाइ र विकासमा केन्द्रहरूको महत्त्वपूर्ण भुमिका रहेको हुँदा सिकाइ केन्द्रहरू थप व्यवस्थित बनाउन आफू प्रयत्नशील रहने र त्यसको लागि समन्वयात्मक तवरले लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, रूपा गाउपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङ, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, पोखरा महानगर पालिका कार्यपालिका सदस्य निर्मला पौडेल,राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देबकोटा, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कलाकार होम नेपाली सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकदोहोरी गायक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तारापती सुवेदी, लोकदोहोरी गायिकाद्वय माया गिरि र लक्ष्मी नेपाली प्रतियोगिताको निर्णायक रहनु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.