राजनीति

पोखराका एकसय बढी पर्यटन व्यवसायी एमाले प्रवेश

पोखरामा एकसय भन्दा बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाइडस्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जन बढी सहित एकसय १० जनाले पार्टी प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेमा नेपाल हवाई खेलकुद संघका (ना) पूर्व अध्यक्ष एवं अठारौं एसियनका खेलका पदक विजेता पर्यटन व्यवसायी योगेशबहादुर भटटराई, पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, क्यानका गण्डकीका कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला संजाल बैदामका अध्यक्ष विष्णु केसी, टान सचिव मिलन तिवारी, कोषाध्यक्ष किसमकुमारी गुरुङ, सहसचिव रेशम अधिकारी, पूर्व अन्तर्राष्ट्रिय खेलाडी रामबहादुर ढकाल लगायत विभिन्न संघ संस्था र व्यवासयमा आवद्ध पर्यटन व्यवसायीहरुले पार्टी प्रवेश गरेका हुन । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अविर टिका र फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

पार्टी प्रवेश गरेका नाका अध्यक्ष भटटराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पूरा गर्न तयार गरेका पूर्वाधार निर्माणका आधार, राष्ट्रिय स्वाधिनता पक्षमा गरेको निर्णय, श्रमिकका पक्षका गरेको योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता जस्ता न्यायिक निर्णयले गर्दा आफूले एमाले पार्टी रोजेको बताउनुभयो ।

त्यसै गरी क्यानका कोषाध्यक्ष तिवारीले नेकपा एमाले बोकेका एजेण्टा त्यसलाई पुरा गर्न तयार गरेका आधारहरुलाई लिएर आफुले पार्टी प्रवेश गरेको र यस पार्टीमा सक्रिय रहेर जनताका बहुदलीय जनवादको पक्षमा लाग्ने बताउनुभयो ।

यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले यति ठूलो संख्यामा नेकपा एमालेमा भएको प्रवेशले पार्टीमा नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राज्यको नीति निर्माणको तहमा अब पर्यटन क्षेत्रको पहुँच पुग्नेछ, यो प्रवेशले पोखरा र गण्डकी समग्र पर्यटनको निम्ति ठुलो टेवा पुग्ने छ ।’

पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री, गण्डकी प्रदेशका सांसद राजीव पहारी, पार्टीका केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा, गोविन्द नेपाली, नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.