राजनीति

विश्वविद्यालयहरुको तालबन्दी खोल्न सरकार जिम्मेवार भएन

कास्की क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मुलुकका विभिन्न विश्वविद्यालयहरुमा भैरहेको तालाबन्दी खोल्न सरकार जिम्मेवार नदखिएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भट्टराईले प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयमा भएको तालाबन्दीले आम विद्यार्थीहरूमा निराशा बढाएको भन्दै सरकार यो विषयमा कत्ति पनि जिम्मेवार नदेखिएको आरोप लगाउनुभयो ।

उहाँले लोकतन्त्रको पूर्वशर्तको रूपमा रहेको शिक्षा र त्यसमार्फत निर्माण हुने विवेकशील मानव लोकतन्त्रको मानक भएको भन्दै सो कुरामा स्वयम् प्रधानमन्त्री र सरोकारवाला शिक्षा मन्त्रालय गम्भीर र जिम्मेवार नदेखिनु गम्भीर चिन्ताको वि भएको बताउनु भयो ।

व्यवस्थापनको जिम्मेवारीमा रहने कुलपति, उपकुलपति र सहकुलपतिहरूको बीचमा कार्य समन्वय अभावमा विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र बनाइनु दुःखद भएको भट्टराईले उल्लेख गर्नुभएको छ।

सांसद भट्टराईले विद्यार्थीहरूका जायज माग पूरा गरी तत्काल पठन पाठनको वातावरण बनाउन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.