अर्थ

सीमावारी सुनसान, भारतीय बजार नेपालीको भीड

नेपालसंग सीमा जोडिएको भारतीय बजारहरुको व्यापार नेपाली उपभोक्तामा निर्भर छ । नेपालको तुलनामा सस्तो पाइने भएकाले सीमावर्ती बजारमा जाने नेपालीहरुको संख्या बाक्लै हुने गरेको छ ।

अझ चाडपर्व नजिकिंदै जाँदा भारीय बजारमा नेपालऋीहरुको भूड नै लाग्ने गरेको छ । अहिले बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ भने नेपालगञ्ज बजारमा व्यापारको धेरै चहलपहल छैन । सीमा पारी भारतीय बजार रूपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ ।

घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजाराौंको सङ््ख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् ।

अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैँया र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरुले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन् । नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताउनुभयो ।

रुपैडिहा बजारमा खाद्यन्नको किराना पसल गर्दै आउनुभएका वैश्यले नेपाली चाडपर्व तीज दशैं तिहारमा नेपाली उपभोक्ताको भीडभाडले आफुहरुलाई भ्याइनभ्याइ हुने गरेको उल्लेख गर्नुभयो । यतिबेला तीजपर्वका लागि खाद्यान्नसँगै कपडा पसलमा भीडभाड रहेको उहाँको भनाइ छ ।

चाडपर्व मात्र होइन अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपैडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

रुपैडिहा बजार नेपाली उपभोक्ताहरूको भरमा टिकेको छ । दैनिक करिब रु एक करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । दैनिक उपभोग्यका सामान, तरकारीलगायतका वस्तु किन्न सयौं नेपाली सीमा पारि जान्छन् । नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको श्रेष्ठको भनाइ छ ।

नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने समस्या अहिलेको होइन । नेपाली उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचन पछि सेलाउदै जाने गरेको छ ।

सङ्घका महासचिव भीमबहादुर रानाभाटले सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने चलनले नेपालगञ्जका व्यवसायी धराशायी भएको बताउनुभयो ।

सस्तो पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडाको किनमेलका लागि पनि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ ।

“हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौं”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव रानाभाटले भन्नुभयो, “भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा हट्न सकेको छैन ।”

पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको छ । बाँकेका ग्रामीण क्षेत्र तथा बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.