जन सरोकार

मृत अवस्थामा चार जना फेला

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३१ सुकुमवासी १ नम्बर पानी टयाङकी नजिकै बाग्मती खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-११ घर भई काठमाडौं नरदेवी बस्ने ४९ वर्षीय केदार बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

यसैगरी काठमाडौं महानगरपालिका-२६ रानीबारी कुमारी टोल डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-८ घर भएका ५० वर्षीयको लोकेन्द्र महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ भानुपथस्थित घरको आँगनमा सोही नगरपालिका-९ गोलीगढ बस्ने ५० वर्षीय धर्मेन्द्र सिंह शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै दोलखा, भिमेश्वर नगरपालिका-७ चर्नावती सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १४ वर्षीय बालक शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.