अर्थ

क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही

पर्यटन क्षेत्रका व्यवसायीलाई थप हर्जना वा पेनाल ब्याज नलगाउन निर्देशन

नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ “हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको वा ठगिनसक्ने अवस्था देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनअनुसार सजाय हुने सूचनामा उल्लेख छ ।

यसै गरी नेपाल राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित पर्यटन क्षेत्रका व्यवसायीलाई थप हर्जना वा पेनाल ब्याज नलगाउन निर्देशन दिएको छ । बैंकले कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, टे्रकिङ र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको असरको मूल्याङ्कन गरिएको जनाएको छ ।

सोही मूल्याङ्कन अनुसार २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्षसम्म कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन भनिएको छ । त्यस्तो व्याजलाई पूँजीकरण गर्न नपाइने र थप हर्जनासमेत नलाग्ने व्यवस्था गर्न क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार ट्रष्ट रिसिष्ट कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनको अवधिका लागि मात्र प्रवाह गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.