राजनीति

एमसीसी उपाध्यक्षको नेपाल भ्रमणसंगै सत्ता साझेदार दल घनिभूत छलफलमा

एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण र नेताहरुसंगको तीब्र भेटघाट गरी एमसीसी सदनबाट पारित गराउन अनुरोध गरिरहेका बेला सत्ता साझेदार दल घनिभूत छलफलमा जुटेका छन् । बिहिबार पनि दलहरुबीच छलफल भएको थियो भने यतिबेला पनि बैठक बसिरहेको छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग आज हुने भेटवार्तामा सत्ता साझेदार दलको समान धारणा बनाउन सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठक बसिरहेको ो ।

बुधबारदेखि सुरु भएको संसद्लाई प्रमुख विपक्षी दलले सहज ढङ्गले सञ्चालन गर्न नदिएको पृष्ठभूमिमा आज अपराह्न पनि दुवै सदनका बैठक भएकाले रणनीतिक ढङ्गले अघि बढ्ने तथा संसदीय गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा आफूहरूबीच विचारविमर्श भएको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.