राजनीति
हिमानीबाट झण्डै तीनहजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले लमजुङका ९७ वटा सरकारी विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

हिमानी ट्रष्टका अध्यक्ष समेत रहनुभएकी शाहले जिल्लाका दुई हजार नौ सय ५२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
शुक्रबार लमजुङ बेँसीसहरमा उहाँले ९७ वटा सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । जिल्लाका दोर्दी, मस्र्याङ्दी र दूधपोखरी गाउँपालिकाका उक्त विद्यालयका विद्यार्थीलाई ती सामग्री वितरण गरिएको हो ।
चाइना फाउन्डेसनको सहयाेगमा ट्रष्टले बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बाेत्तल, झाेला लगायतका सामग्री हस्तान्तरण गरिएको थियाे ।
प्रतिक्रिया राख्नुहोस्