राजनीति

तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाऔँ : मन्त्री देवी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले हरितालिका तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

मन्त्री देवी

काठमाडौँमा शनिबार आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा उहाँले तीज पर्वलाई मध्यनजर गर्दै मौलिकता र सामाजिक सद्भावलाई ख्याल गरी सो पर्व मनाउन सबै नारीलाई आग्रह गर्नुभएको हो ।

मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीलाई सम्मान गर्ने कार्यलाई असल कार्यको सङ्ज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले तीजले माइती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्री देवीले सामाजिक क्षेत्र योगदान पु¥याएका नौ जना नारीलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.