सूचना/प्रविधि

आइफोन १६ सार्वजनिक, एआईसहित अनेक विशेषता

विश्वमा सर्वाधिक रुचाइने एप्पल कम्पनीको आइफोनको नयाँ संस्करण नयाँ सुविधाहरुसहित सार्वजनिक गरिएको छ । एप्पल कम्पनीले एआई सुविधासहित आइफोन १६ सार्वजनिक गरेको हो ।

सोमबार ९ सेप्टेम्बरको दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा ‘इट्स ग्लोटाइम’ नाम दिएर आइफोन १६ सिरिज सार्वजनिक गरेको हो ।

समारोहमा आइफोन १६ सिरिजसहित एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा २, एयरपड्स ४, एयरपड्स म्याक्स सार्वजनिक गरिसकेपछि आइफोन १६ सिरिज सार्वजनिक गरिएको थियो ।

यस सिरिज अन्तर्गत कुल चार मोडेल (आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स)सार्वजनिक गरिएको छ ।

आइफोन १६ का विभिन्न विशेषताहरु छन् । तीमध्येको एक हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । कम्पनीका प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टेलिजेन्स र यसको उत्कृष्ट क्षमताका साथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताउनुभयो ।

यद्यपि एप्पल इन्टेलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुने छ । पहिले यसलाई केही देशमा मात्र बिटा भर्जनमा मात्र सुरु गरिने छ ।

एप्पल कम्पनीले अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ । यसबाट उत्पादन बढ्ने र सिरी पहिलेको भन्दा अझै प्रभावकारी सावित हुने दाबी गरेको छ ।

यी फोनका सबै मोडेलहरु १३ सेप्टेम्बरदेखि प्रिअर्डर गर्न सकिन्छ । अर्डर गरेको एक साताभित्र उपलब्ध गराउने दाबी कम्पनीले गरेको छ ।

एप्पलका मालिक स्टिभ जब्सले सन् २००७ मा सानफ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एक्सपोमा पहिलो आइफोन सार्वजनिक गर्दा यसको मूल्यलाई लिएर हाँसोमा उडाइएको थियो । पहिलो आइफोनको मूल्य ३ सय ९९ अमेरिकी डलर रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.