क्रिकेटखेल

केस क्लोज भैसकेकाले अमेरिकाले सन्दीपलाई भिसा दिनेछ : पारस

केही समय अघि सम्पन्न टी २० विश्वकप खेल्न अमेरिका जान नपाएका सन्दीप लामिछानेलाई यसपटक अमेरिकाले भिसा दिन्छ कि दिंदैन भन्ने प्रश्न पुनः उठेको छ ।

क्यानडामा हुने लिग २ मा सहभागी हुन मंगलबार क्यानडातर्फ लागेको नेपाली खेलाडीको सूचीमा सन्दीप पनि रहेका र नेपाली टोली क्यानडाबाट अमेरिका जाने तालिका छ ।

टी २० विश्वकपका क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसपटक के हुन्छ ? क्यानका सचिव पारस खड्काले आवश्यक सबै तयारी पूरा भएको र यसपटक पहिलाको जस्तो नहुने, सन्दीपको भिसाका सम्बन्धमा सकारात्मक ग्रिन सिग्नल आएको र चाँडै घोषणा हुने बताउनुभयो ।

खड्काले भन्नुभयो, ‘टिमको केसमा क्यानडाबाट यूएस जानु पर्ने भएकाले हामीले गर्नुपर्ने सबै काम गर्‍यौं भन्ने लाग्छ । केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.