राजनीति

“प्रश्न उठ्दैमा राजीनामा दिनुपर्ने भए प्रश्न उठेका दशौं मन्त्रीले राजीनामा दिन्छन्”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय लोकतन्त्र सम्मत हुँदैन भन्नुभयो ।

“एक सामाजिक अभियन्ता तथा जनजाति महिला उपसभामुखमाथि राजीनामाका लागि गरिएको व्यवहार लोकतान्त्रिक संस्कार पनि होइन । शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप पनि छैन”, उहाँले भन्नुभयो ।

सांसद पौडेलले भन्नुभयो, “उपसभामुखको राजीनामाको विषय मिडियामा आएको थियो तर संसद्मा प्रवेश गरिसकेपछि हावा मात्रै हैन अभियान नै चलेको रहेछ । समाजिक सेवामा काम गरेको व्यक्तिलाई हटाउने कुरा दुःखदायी भएको र यसले लोकतन्त्रलाई सुदृढ गर्दैन ।”

‘पौडेलले प्रश्न उठेर राजीनामा दिने हो भने, दशौं मन्त्रीका प्रश्न उठेका छन् । राजीनामा दिन तयार हुनुहुन्छ भन्दै भन्नुभयो, ‘लाउडामा प्रश्न उठ्यो, वाइडबडीमा प्रश्न उठ्यो, नक्कली भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार प्रकरणमा प्रश्न उठ्यो । गिरिवन्धु टीस्टेटमा प्रश्न उठ्यो, राजीनामा दिन तयार हुनुहुन्छ ?’

सांसद पौडेलले ठूला अनियमितता र भ्रष्टाचारमा मुछिएकालाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । विपद्जन्य घटनाबाट पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.