विश्व समाचार

११ सेप्टम्बरको आतङ्कारी हमलामा मारिएकाहरूको सम्झना

एक्काइस वर्षअघि आजकै दिन (११ सेप्टम्बर) न्यूयोर्कस्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतङ्कारी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्झना गरियो ।

पुष्पहार चढाएर तथा मैनवत्ती बालेर दिवङ्गतहरूमा श्रद्धा प्रकट पनि गरियो भने मौन धारण गरेर उनीहरूको चिरशान्तिको कामना गरिएको छ । देशका विभिन्न भागमा पनि दिवङ्गतहरूको सम्झनामा स्मृतिसभा गरिँदै छ ।

उक्त आक्रमणमा तीन हजारभन्दा बढीको असामयिक अवसान भएको थियो । एक्काइस वर्षदेखि अमेरिकाले आतङ्वादविरुद्ध अभियान नै सञ्चालन गरेको छ भने उसले राष्ट्रिय सुरक्षा नीतिमा व्यापक फेरबदल पनि गरेको छ ।

यद्यपि लक्ष्यित उद्देश्य हासिल नभएको सुरक्षा विज्ञहरूले बताएका छन् । आतङ्कवादी सङ्गठन अल कायदा सम्बद्ध १९ जना अरब आतङ्कारीले चार वटा व्यावसायिक विमान अपहरण गरेर जुम्ल्याहा भवनमा आक्रमण गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.