जापान

जापानी शाही परिवारको एक्ला वयस्क पुरुष राजकुमार हिसाहितो

जापानका राजकुमार हिसाहितो सेप्टेम्बर ६ मा १८ वर्ष पुग्नुभएको छ । उहाँ पछिल्लो चार दशकमा वयस्कतामा पुग्ने शाही परिवारका एक मात्र पुरुष सदस्य हुनुहुन्छ ।

जापानको १७ सदस्यीय शाही परिवारमा ४ जना मात्रै पुरुष रहेका छन् र राजकुमार हिसाहितो शाही परिवारका कान्छो सदस्य हुनुहुन्छ । जापानमा ३९ वर्षपछि राजपरिवारका सदस्य वयस्क भएका छन् ।

सन् १९६५ देखि २००६ सम्म जापानको शाही परिवारमा एउटा पनि पुरुषको जन्म भएको छैन । राजकुमार हिसाहितोलेको जन्म २००६ मा भएको थियो।

हिसाहितो जापानका युवराज अकिशिनो र युवराज्ञी किकोका छोरा र जापानका सम्राट नारुहितोका भतिजा हुन् । सम्राट नारुहितो र युवराज अकिशिनोपछि राजकुमार हिसाहितो जापानको राजगद्दीको उत्तराधिकारी हुनुहुनेछ ।

हिसाहितो भन्दा पहिला उहाँका बुबा अकिशिनो १९८५ मा वयस्क हुनुभएको थियो । त्यतिबेला वयस्कको उमेर २० वर्ष हुनुपर्ने प्रावधान थियो । त्यसपछिवयस्कको उमेर १८ वर्षमा झारिएको थियो ।

राजकुमार हिसाहितो

समारोह अर्को वर्ष मार्चमा हुनेछ
राजकुमारको उमेरको आगमन समारोह तत्कालका लागि स्थगित गरिएको छ । जब राजकुमार हितहितो १८ वर्ष पुग्नुभयो उहाँले इम्पेरियल हाउसहोल्ड एजेन्सी मार्फत एउटा पत्र जारी गर्दै आफ्नो अध्ययनमा ध्यान केन्द्रित गरी त्यसलाई अगाडी बढाउन चाहेको बताउनुभएको थियो ।

हिसाहितो टोकियोको त्सुकुबा युनिभर्सिटीमा तेस्रो वर्षका सिनियर हाई स्कूलका विद्यार्थी हुनुहुन्छ । उहाँ आगामी मार्चमा हाईस्कुलबाट बिदा भएपछि मात्रै जन्मोत्सवको आयोजना हुनेछ ।

पुरुष मात्र उत्तराधिकारी बन्न सक्छन्
जापानमा सिंहासनमा पुरुषको मात्र अधिकार छ । यसका लागि सन् १९४७ मा कानुन बनेको थियो । सन् १९४७ मा जापानको सिंहासनमा महिलाको अधिकार छैन ।

हजारौं वर्षदेखि जापानमा शासन गरेको यो परिवार उत्तराधिकारको संकटबाट गुज्रिरहेको छ । जापानका वर्तमान सम्राट नारुहितोको आइको नामकी छोरी छिन् । यसअघि सन् १७६२–१७७१ को बीचमा जापानमा सकुरामाची रानी बन्नुभएको थियो ।

त्यसो त १७ सदस्यीय शाही परिवारमा पाँच राजकुमारीले दुलहा नभेटेका कारण विवाह गरेका छैनन् । यदि राजकुमारीले एक साधारणसँग विवाह गर्छिन भने उनले आफ्नो शाही उपाधि गुमाउँछन् । तर पुरुषमा भने यो नियम लागू हुँदैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.