कलिउड

कलाकार बनाएर युरोप लैजाने भन्दै रकम असुलेका ‘इकु’ प्रहरीको फन्दामा

नेपाली टेलिभिजन पर्दामा ‘ईकु’ पात्रबाट चर्चित हाँस्य कलाकार सुलेमान शङ्करलाई मानव तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । इकुलाई कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गरेको आरोप लागेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार इकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा रकम असुलेर गैरकलाकार पठाउने तयारी गरेकअभियोग छ ।

बोगटीका अनुसार इकुले कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भनी आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मस् प्रालि को नाममा ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा प्रति व्यक्ति १५ देखि २० लाख रुपियाँ रकम जम्मा गर्न लगाएका थिए ।

भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्टलगायतका कागजातसमेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमका लागि तयारी हुँदैछ भनेर लामो समयसम्म झुलाई पीडितहरुसँग सम्पर्कविहीन रही ठगी कार्यमा संलग्न रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर उपमहानगरपालिका वडा नं २४, धापाखेल स्थायी वतन भएका र हाल काठमाडौं बस्ने ४० वर्षीय सूर्यमान शङ्करलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.