जन सरोकार

अब पत्रकारले पाउने भए चिकित्सा प्रविधि र पेशागत आचारसंहिताको तालिम

प्रेस काउन्सिल र नेपाल चिकित्सक संघले देशभरका पत्रकारलाई चिकित्सा प्रविधिका पछिल्ला आयाम र पेशागत आचारसंहितासम्बन्धी तालिम दिने, तालिम दिन प्रशिक्षक उत्पादन गर्ने, पाठ्यक्रम तयार पार्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार यस सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल र सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा बद्री रिजालले शुक्रबार हस्ताक्षर गर्नुभयो ।

स्वास्थ्यलगायत विभिन्न विषयमा कलम चलाइरहेका सञ्चारकर्मीलाई विषय विज्ञबाट पाठ्यक्रमको प्रारुप तयार गरी तालिम तथा प्रशिक्षण, दक्ष प्रशिक्षक उत्पादन, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता, हकहित र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।

सो अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले आचारसंहिता उल्लंघनका उजुरीमा द्रुत विधिबाट कारवाहि हुँदै आएको जानकारी दिनुभयो । सङ्घका अध्यक्ष डा कार्कीले पत्रकारिता पेशालाई विश्वसनीय, मर्यादित, परिस्कृत बनाउन तत्कालको लागि योजना बनाएर छोटो तथा लामो अवधिको तालिम प्रदान गर्न दुई सस्थाका बीच सहकार्य भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.