राजनीति

मर्यादित भएर संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नगर्न सभामुख सापकोटाद्वारा आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।एमाले संसदीय दलको आज बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिनुभएको हो ।

एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले संसद् अवरुद्ध गर्ने, नाराबाजी गर्ने, मर्यादित भएर प्रस्तुत हुने र निर्धारितरुपमा तोकिएको नारा मात्र लगाउन आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो ।

“माइकले हान्ने पार्टीको कुनै पनि योजना थिएन, काँध चढेर मर्यादापालकको घेरा तोड्न खोजेजस्तो देखियो, त्यस्तो होइन, हामी मर्यादापालकको घेरा तोडेर जान चाहदैनौँ” ।

उहाँले भन्नुभयो, “मर्यादा पालकले पनि हामीलाई स्थान दिनुपर्छ, ठाउँ नहुँदा तनावको स्थिति सिर्जना हुन्छ ।” ओलीले सीमाभित्र रहेर मर्यादापालक परिचालन गर्न सत्तापक्षलाई आग्रह गर्दै आफूहरु धेरै वादविवादमा जान नचाहेको उल्लेख गर्नुभयो ।

यसबीच आज पनि प्रतिनिधिसभा बैठक एमाले=को अवरोधका कारण १५ मिनेटका लागि स्थगन भएको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्नुभएको थियो ।

बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो । एमालेका सांसदको लगातारको बैठक अवरोधपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का सांसदहरुलाई आग्रह गर्नुभएको छ । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो ।

उहाँले बैठक नियमित अवरोध गर्दा अन्य सांसदको अधिकार सङ्कुचन हुने भन्दै बैठक सहज रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न र संवादबाट नै सबै समस्याको निकासका लागि आग्रह गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतमा विचाराधीन न्याय निरुपणको विषय संसद्मा छलफल गर्न प्रतिबन्ध रहेको कानूनका बारेमासमेत ध्यानाकर्षण गराउनुभएको थियो ।

एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.