राजनीति

एकसय जनाको नेतृत्व गर्दै अध्यक्ष ली झान्सु काठमाडौंमा

चिनियाँ जनकंग्रेस अध्यक्ष ली झान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुग्नुभएको छ । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनुभएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गर्नुभएको हो ।

चिनियाँ विशेष विमानबाट करिब एकसय जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आउनुभएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । उहाँ विमानस्थलबाट सिधै होटल सोल्टी जानुभएको छ ।

भ्रमण कार्यसूचीअनुसार उहाँले काठमाडौं उत्रिएको केहीबेरमा सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुनेछ ।

भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ । भेटपछि सभामुख सापकोटाले समकक्षी लीका लागि उनी बसेकै होटल सोल्टीमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।

भ्रमणको दोस्रो दिन बिहान ९ बजे लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।

उक्त भेटवार्तापछि होटल सोल्टीमा दिउँसो ३ बजेदेखि परराष्ट्रमन्त्री नारायण खड्कासँग र परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अपरान्ह ४ बालुवाटार पुग्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन उहाँ बुधबार बिहान भक्तपुर भ्रमण गर्ने रत्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ ।

राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँग पुनः भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.