विश्व समाचार

युक्रेनको जित अमेरिकामा निर्भर– जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको बताउनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किएभको भ्रमणमा का क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

जेलेन्स्कीले पत्रकार सम्मेलनमा भन्नुभयो, “जहाँसम्म जितको योजनाको प्रश्न छ… यो धेरैजसो अमेरिका र अन्य साझेदारको समर्थनमा भर पर्दछ” ।

उहाँको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठीक दुई महिनाअघि आएको छ । निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किनुभए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ ।

ट्रम्पले निर्वाचन जित्नुभयो भने युद्ध अन्त्य गर्न रुसलाई क्षेत्रीय सहुलियत प्रदान गर्न किएभलाई दबाब दिन उहाँले सहायताको फाइदा उठाउनुहुने ट्रम्पका सहयोगीहरूले सुझाव दिएका छन् ।

जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा तयार गर्ने बताउनुभयो । उहाँले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले किएभको ताकतको अवस्थाबाट सम्भावित वार्तामा प्रवेश गर्न अनुमति दिएको तर्क दिनुभयो ।

युक्रेनले जुनमा स्विट्जरल्यान्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गर्यो तर रुसलाई आमन्त्रण गरेको थिएन । त्यसपछि जेलेन्स्कीले आगामी शिखर सम्मेलनमा मस्कोलाई सहभागी गराइनुपर्ने बताउनुभएको छ ।

कुर्स्कमा भएको आक्रमणपछि क्रेमलिनले वार्तालाई अस्वीकार गरेको छ र युक्रेनले युद्धविरामका लागि यस क्षेत्रको ठूलो हिस्सा सुम्पिन माग गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.