जापान

भेरी त्रिवेणी माविको पुनर्निर्माणका लागि जापानले सहयोग गर्ने

जापान सरकारले जाजरकोटको भेरी त्रिवेणी माविको कक्षाकोठा पुनर्निर्माणका लागि सहयोग गर्ने भएको छ । आज बिहिबार काठमाडौंस्थित जापानी राजदूतावासमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

भेरी त्रिवेणी माविको पुनर्निर्माणका लागि जापानले सहयोग गर्ने

नेपालका लागि जापानी राजदूत किकुता युताका र स्वयंसेवी कोर्प्स नेपाल (भीसीएन)का अध्यक्ष दीपक चापागाईंले विद्यालय भवन पुनर्निर्माणअनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

जापानले उक्त परियोजनाको लागि करिब दुई करोड २७ लाख रुपैयाँ (एक लाख ७० एक सय ५९ अमेरिकी डलर) उपलब्ध गराउने छ । सन् १९८५ मा स्थापित भएको विद्यालयले जाजरकोट र नजिकैका जिल्लाहरूका लगभग ५०० विद्यार्थीहरूको प्रमुख शैक्षिक संस्थाको रूपमा सेवा गर्दै आएको छ ।

भेरी त्रिवेणी माविको पुनर्निर्माणका लागि जापानले सहयोग गर्ने

सहयोग अनुदानबाट १२ कक्षाकोठासहितको दुई तले भवनको पुनर्निर्माणमा हुनेछ । जापानको सहयोगमा निर्मित हुने कक्षा कोठाहरूले विद्यार्थी र शिक्षकहरूका लागि सुरक्षित र प्रभावकारी शैक्षिक वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

भेरी त्रिवेणी माविको पुनर्निर्माणका लागि जापानले सहयोग गर्ने

यस परियोजनाले शैक्षिक वातावरणमा सुधार मात्र नभई भूकम्पपछिको पुनर्निर्माणको प्रतिकका रूपमा रहेको जाजरकोट क्षेत्रलगायत नेपालको विकासमा पनि योगदान पूर्याउने जापानी दूतावासले विश्वास लिएको छ ।

भेरी त्रिवेणी माविको पुनर्निर्माणका लागि जापानले सहयोग गर्ने

‘यो सहयोगले अहिले र भावी पुस्ताका लागि जापान र नेपाली जनताबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास पनि लिएका छौँ’ जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.