जन सरोकार

रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

तनहुँको भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर बिहीबार एक वृद्धको मृत्यु भएको छ ।

मृत अवस्थामा ४ जना फेला

सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो ।

उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.