राजनीति

संसदको रेकर्डबाट ‘हिंसा’ शब्द नहटेसम्म प्रतिनिधिसभा अबरुद्ध गर्ने माओवादी निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमा माओवादी जनयुद्धलाइ हिंसा भनेको र सो शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभा बैठक अबरुद्ध गर्न निर्णय गरेको छ ।

सभामखु देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।

संसदीय दलको शुक्रबार बसेको बैठकले ‘माओवादी जनयुद्ध’ लाई अपमान गर्न खोजिएको उल्लेख गर्दै सभामुखले बुधबार ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने रुलिङ गरेकोमा त्यो नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको हो ।

माओवादी मुख्य सचेतक हितराज पाण्डले ‘हिंसा भन्ने शब्द उल्लेख गरेर जनयुद्धलाई अपमान गर्ने काम भएको छ । संविधानको मर्म विपरीत व्याख्या गएिको छ । संसद्को अवरोधलाई अझ सशस्त्र बनाउने निर्णय भएको छ । यसमा सहमति नभइकन संसद् अघि बढ्न सक्दैन ।’

माओवादीले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भए पनि १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको ठहर गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.