जन सरोकारस्वास्थ्य

उपत्यकाका अधिकांश सरकारी अस्पतालहरुको व्यवस्थापन भद्रगोल

मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकामा रहेका अधिकांश सरकारी अस्पतालहरुमा जनशक्तिको अभाव तथा अन्य अवस्था भद्रगोल रहेको पाइएको छ ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र

बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा गरेको अनुगमनका क्रममा सो तथ्य फेला परेको हो ।

अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको तथा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको, चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने यकिन नभएको पाइएको थियो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका अनुसार सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारी सहितको टोलीले अनुगमन गरेको हो ।

टोलीले उपत्यकाका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहीद गङ्गालाल हृदय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको थियो ।

अनुगमनमा अस्पतालले फोहोरमैला व्यवस्थापन राम्रो नभएको, खरिदको योजना नभएको, महामारी सङ्क्रामक रोग सम्बन्धी अस्पताल भए पनि आकस्मिक रूपमा महामारी फैलँदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.