जापान

जापानमा आर्थिक वर्ष २०२२ मा दुर्व्यवहारबाट ७२ बालबालिकाको मृत्यु

जापानमा आर्थिक वर्ष २०२२ मा दुर्व्यवहारबाट कूल ७२ बालबालिकाको मृत्यु भएको छ । यसमा ४० प्रतिशतभन्दा बढी पीडित एक वर्षमुनिका शिशुहरू रहेका सरकारी तथ्याङ्कले देखाएको छ ।

सन् २०२२ अप्रिलदेखि सन् २०२३ मार्चसम्मको तथ्याङ्कमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुईवटा मामिला बढेको बालबालिका र परिवार एजेन्सीको रिपोर्टले देखाएको छ ।

समग्रमा १६ जना हत्या–आत्महत्यासँग जोडिएका थिए भने बाँकी ५६ बाल दुर्व्यवहारका घटनाहरूमा तीन वर्षमुनिका बालबालिकाले कूल मृत्युको झण्डै ७० प्रतिशत हिस्सा ओगटेका थिए । प्रतिवेदनअनुसार करिब २५ पीडित एक वर्षमुनिका शिशु थिए ।

हत्या–आत्महत्या, बेवास्ता र बालबालिकाको पालनपोषणलाई छाडेर दुर्व्यवहारसँग सम्बन्तित ५६ मृत्युमध्ये ४२ दशमलव नौ प्रतिशत र त्यसपछि ३० दशमलव चार प्रतिशतमा शारीरिक दुर्व्यवहार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.